चितवन । भारतबाट भन्सार छलेर ल्याइएको अस्वस्थकर माछा नियन्त्रणका लागि सक्रिय हुन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौंडाले निर्देशन दिएको छ । मुख्यमन्त्री कार्यालयले मकवानपुर, सिन्धुली र चितवन जिल्ला प्रशासन कार्यालय, डिआईजी कार्यालय र भन्सार क्वारेन्टाइनलाई सक्रिय हुन निर्देशन दिएको हो ।
पछिल्लो पटक नेपाली मत्स्य व्यवसायीले भारतबाट भन्सार छलेर ल्याइने अस्वस्थकर माछा धमाधम नियन्त्रण गर्दै आएका छन् । भारतबाट आयात हुने माछा नियन्त्रणको लागि मत्स्य व्यवसायी संघले मुख्यमन्त्री कार्यालयलाई आग्रह पनि गरेको थियो ।












