काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापासमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
१ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा मूल्य बराबरको सुन हिनामिना भएको र त्यसमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ। अख्तियारले अरुणकुमार श्रेष्ठसमेत सो हिनामिनामा संलग्न रहेको आरोपमा सो मुद्दामा प्रतिवादी बनाएको छ।












