चितवन। बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माता सन्तोष सेनले असोज ७ गते फिल्म रिलिज हुने जानकारी दिएका छन्।
सेनले पोस्टर सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन्, “तपाईंहरु सबैले ब्यग्र प्रतिक्षा गरेको नेपाली फिल्म प्रेम गीत ३ हिन्दी भाषामा पनि सोही नामबाटै प्रदर्शनमा आउन लागेको खुसीको खबर सुनाउन चाहान्छु।” प्रेमगीत चलचित्रलाई यसअघि बिश्वजितम नामबाट भारतमा प्रदर्शनमा ल्याउने तयारी रहेको थियो ।
उनका अनुसार, संसारभर नेपाली, हिन्दी र अन्य केही भाषामा समेत चलचित्र प्रदर्शनमा आउन लागेको हो । यससंगै पहिलोपटक हिन्दी भाषाको पोस्टर सार्वजनिक गरेको निर्माता सन्तोष सेनले जनाएका छन् ।
जी–म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।











