चितवन । स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित “Brain Drain to Brain Gain: Turning Local Education to Global Access” शीर्षकमा जिएसटी कलेज, रत्ननगरले आयोजना गर्न लागेको Launchpad Celebrating Success Charting Futures कार्यक्रममा प्यानल अन्तरक्रिया हुने भएको छ ।
कार्यक्रम साउन २९ गते बिहान ११:३० बजेपछि होटल स्टार, रत्ननगर निपनीमा हुनेछ । यस कार्यक्रममा पूर्वी चितवनका हाल कक्षा १२ पास भएका विद्यार्थीहरुलाई निमन्त्रणा गरी उनीहरुलाई सम्मान पनि गरिने कलेजका प्राचार्य राजकुमार दाहालले जानकारी दिए ।
प्यानल अन्तरक्रियामा प्यानलिष्टका रुपमा न्यू क्यापिटल कलेजका प्राचार्य तथा हिसानका केन्द्रिय सदस्य भुपेन्द्र धिताल, स्काइराइडर स्कुलका प्राचार्य तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र नेपाल आदर्श शिक्षा सदनका अध्यक्ष आईपि लामिछाने छन् भने कार्यक्रमको सहजिकरण इन्जिनियर सागर कार्कीले गर्ने छन् ।
यस प्यानल डिस्कसन मार्फत नेपालबाट हुने ब्रेन ड्रेन रोक्ने र स्थानीय शैक्षिक श्रोत तथा प्रतिभालाई देशको विकासमा प्रयोग गर्ने उपायबारे गहिरो छलफल हुने कलेजका प्राचार्य राजकुमार दाहालले बताए ।
पूर्वी चितवनमा नै पहिलो पटक बिबिए कार्यक्रम सञ्चालन गर्न लागेको जिएसटी कलेजमा भर्ना खुलेकोले समयमा नै सिट सुरक्षित गर्न पनि प्राचार्य दाहालले आह्वान समेत गरे ।











