चितवन । नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा सरिता इभेन्टले ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ चनौली तिज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ।
यो कार्यक्रम भदौ १० गते, मंगलबार दिउँसो १ बजे भरतपुर महानगरपालिका–२०, चनौली बजारमा सञ्चालन हुनेछ।
सरिता इभेन्टकी अध्यक्ष सरिता आचार्यले कार्यक्रममा रमेश श्रेष्ठ मेलोडी, चन्द्रा अर्याल, भुमिराज रेग्मी, समुन रोक्का, सोनिका क्षेत्री, अनिल सुनार, गोविन्द सापकोटा लगायतका कलाकारहरुले प्रस्तुति दिने जानकारी दिइन् ।
कार्यक्रमसँगै खुल्ला तिज नृत्य प्रतियोगिताको पनि आयोजना हुनेछ जसका लागि इच्छुक सहभागीहरूले दर्ता गर्न सक्नेछन्।
आयोजकका अनुसार, कार्यक्रमलाई सफल बनाउन चनौली बजार व्यवस्थापन समिति, चनौली टोल विकास संस्था, कल्याण आमा समूह, ब्राह्मण समूह (चनौली), नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखा लगायतका संस्थाहरूले सहयोग गरिरहेका छन्।











