काठमाडौं । फिफा विश्वकप २०२२ को विश्व विजेता लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान राजधानी ब्युनर्स आयर्स पुगेको छ।
फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको हो ।
आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।
अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।
अर्जेन्टिनाको राष्ट्रिय टोलीले मंगलबार ब्यूनर्स आयर्सस्थित ओबिलिस्कमा विश्वकप जितेको खुसीमा विजय उत्सव मनाउनेछ । ओबिलिस्क खेलकुद उत्सवको परम्परागत केन्द्रबिन्दु हो ।











