काठमाडौँ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारमा भएको भ्रष्टाचारको आरोपमा ३३ करोड ४८ लाख १७ हजार ४३० बिगो दाबीसहित विषेश अदालतमा मुद्दा दायर गरेको हो । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहितलाई प्रतिवादी बनाएको छ ।
नेपाल टेलिकममा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगाएका समस्या भए पछि नयाँ प्रणाली जडान गर्ने निर्णय भएपनि प्रबन्ध निर्देशकसहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरेको एसिया इन्फनो कम्पनिलाई मर्मत सम्भारको जिम्मोवारी दिएको थियो । हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतमा लागि बिना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाएपछि अख्तियारले यो विषयमा अनुसन्धान अगाडी बढाएको थियो ।
अख्तियारले अनुसन्धानका क्रममा पुरानै विलिङ प्रणाली मर्मतका नाममा टेलिकमलाई ३३ करोड ४८ लाखको नोक्सानी भएको दाबि गरेको छ ।
आरोपीहरु:
– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल ।
– तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) संगीता पहाडी भन्ने संगिता अर्याल ।
– तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा बैद्य भन्ने प्रतिभा श्रेष्ठ ।
– तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ
– तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय ।
– तत्कालीन निर्देशक विनिता श्रेष्ठ ।
– तत्कालीन निमित्त निर्देशक अमूल प्रधान ।
– तत्कालीन प्रवन्धक देवेन्द्र खतिवडा ।
– तत्कालीन उप-प्रबन्धक राजीव कुमार के.सी ।
– तत्कालीन उप-प्रबन्धक सन्तोष कुमार श्रेष्ठ ।
– तत्कालीन उप-प्रबन्धक नवल चौधरी ।
– तत्कालीन उप-प्रबन्धक मुक्ति प्रसाद अर्याल ।
– तत्कालीन उप-प्रबन्धक हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण ।
– तत्कालीन उप-प्रबन्धक परमात्मा भट्टराई ।










