चितवन । १८औँ गणतन्त्र दिवसको अवसरमा भरतपुरको ऊर्जाशील सामुदायिक क्लबले सरसफाई कार्यक्रम गरेको छ ।
लोकशान्ती महिला समूह र लोकशान्ती टोल विकास संस्थासँगको सहकार्यमा क्लबले भरतपुर–८ र ९ को सिमाना आसपास सरसफाई गरेको हो ।
टोल विकास संस्थाको भवनबाट सुरु भएको सरसफाई कार्यक्रम एसओएस बालग्राम क्षेत्रसम्म पुगेको ऊर्जाशील सामुदायिक क्लबका अध्यक्ष सुरेश गौतमले जानकारी दिए ।












