काठमाडौँ । राजसंस्था पक्षधरहरुको आजबाट शुरु हुने आन्दोलन काठमाडौँका विभिन्न स्थानबाट जुलुससहित अपराहन्न २ बजे रत्नपार्क पुग्ने भएको छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको र्याली १:१५ बजे मैतिदेवी चोकबाट रत्नपार्कतर्फ अघि बढ्नेछ र २ बजे रत्नपार्क पुग्ने छ । त्यस्तै शहरका विभिन्न ७ ठाऊँबाट ठूला र्याली निस्कनेछन् भने अन्य दर्जनौं र्यालीहरु पनि रत्नपार्क पुग्ने श्रेष्ठले जानकारी दिए ।
साथै प्रवक्ता श्रेष्ठले राजसंस्था पक्षधरहरुको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाण्डौं आइरहेका नेता कार्यकर्तालाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना प्राप्त भएको भन्दै त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराएका छन् ।












