काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १६ सयले घटेर तोलाको एक लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।












