बुटवल । बुटवल उपमहानगरपालिकाको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई छोरीको विभत्स हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आज बिहान करिब ४ बजे ३३ वर्षीय आमा दिपा बस्याल र ७ वर्षीय छोरी स्नेहा र ४ वर्षिय हिमानीको हत्या भएको छ ।
घटनामा संलग्न भएको भन्दै सुजन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कोइराला दिपा बस्यालका पूर्वपति हुन् । बस्यालले कोइरालासँग सम्बन्धविच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् ।
कोइराला यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल बसरे संविधान दिवसको अवसरमा सरकारले दिएको माफी पाएर रिहा भएका थिए ।












