काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।
मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
उक्त दिन सुनुवाइ नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर आज न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ नहुने भएको हो ।












