चितवन । चितवनको माडी नगरपालिका–३ सिमरामा १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
स्थानीय बालिकालाई माडी–७ गौरीनगर बस्ने सूर्य बहादुर राईको २२ वर्षीय छोराले बलात्कार गरेको खबर प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक योगेन्द्र कुमार राईले जानकारी दिए ।
पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बलात्कृत बालिकालाई परिवारको जिम्मा लगाइएको छ ।











