काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई हिजो बेलुकी रिहा गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ ।
राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पनि आफ्नो सामाजिक सन्जालमार्फत् राणा रिहा भएको जानकारी दिएका छन्।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।










