भरतपुर । चौविसकोठी–रामपुर सडक खण्डको भरतपुर महानगरपालिका–४ पिपलचोकमा ट्रक र एम्बुलेन्स आपसमा ठोक्किदा एम्बुलेन्स चालक घाइते भएका छन् । शुक्रबार राती करिब ९ बजे रामपुरबाट चौविसकोठीतर्फ आउँदै गरेको ना १ क २९४० नम्बरको ट्रक र बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ०००१ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाबाट एम्बुलेन्स चालक भरतपुर–४ बस्ने वर्ष ५० को चन्द्रकान्त तिवारी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भएको र अहिले अवस्था खतरामुक्त रहेको उनले बताए । घाइतेको अनुहार र खुट्टामा चोट लागेको छ । दुवै सवारी साधन र ट्रक चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











