सिरहा। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रवादीहरुको वास्तविक चरित्र जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतिविधिले उदाङ्गो भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै १५ गतेको क्रियाकलापले उनीहरुको वास्तविक चरित्र उदाङ्गिएको बताएका हुन्।
उनले अबका जनताले यस्ता खालका गतिविधीलाई स्वीकार गर्न नसक्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘यस्ता खालका विध्वसंकारी तत्वलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन। हामीले स्वीकार गर्नु पनि हुँदैन। त्यसको लागि तहाईं हामी सवै मिलाएर सहि जवाफ दिनै पर्छ।’












