चितवन । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्युरोको नक्कली फेसबुक पेज बनाउने चितवन रत्ननगरका करण महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
व्युरोको नक्कली फेसबुक पेज बनाई सर्वसाधारणलाई झुक्यानमा पारी ठगि गर्ने अभिप्रायले उक्त पेज बनाउने रत्ननगर नगरपालिका–५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतोलाई पक्राउ गरिएको साइबर व्युरोका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए ।
व्युरोले चितवन प्रहरीको सहयोगमा महतोलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट महतोलाई पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान गर्ने कार्य भइरहेको ढकालले बताए ।
महतो विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।















