चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।
ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्सपेक्टर सुनदिप तामाङले जानकारी दिए ।
मृतकको परिवारलाई घटनाबारे जानकारी गराईसकेको भन्दै उनले मृतकको आफन्त आइसकेपछि शवको पोष्टमार्टम गर्न भरतपुर अस्पताल ल्याइने बताए ।














