चितवन । स्वतन्त्र उमेदवारी दिई मनाङ प्रदेश सभा २ बाट निर्विरोध निर्वाचित दिपक मनाङे भनेर चिनिने राजिव गुरुङ नेकपा (एकिकृत समाजवादी)मा प्रवेश गरेका छन् । मनाङेलाई नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका हुन् ।
पार्टीको बलमा गरिने पहलकदमी र जनसेवा थप प्रभावकारी हुने निश्कर्षका साथ समाजवादीमा लागेको मनाङेले विज्ञप्तिमार्फत बताएका छन् । आफ्नो उद्धेश्यसँग मेल खाने नीति, विचार र सिद्धान्त एकिकृत समाजवादीमा रहेकाले समाजवादीमा प्रवेश गरेको उनले बताएका छन् ।















