चितवन । फोर्ब्स कलेजले आज (सोमबार) आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा विद्यार्थी, प्राध्यापक र अभिभावक लगायतले रक्तदान गरेका कार्यक्रम संयोजक उपप्राचार्य दिवस मैनालीले जानकारी दिए ।
कलेजको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदानको कार्यक्रम आयोजना गरिएको उनले बताए । कलेजले सामाजिक उत्तरदायित्व पनि पुरा गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल हरि शरण पाठकले बताए ।
निर्वाचनका बेला रक्तदान कार्यक्रम हुन नसकेको र गम्भिर प्रकृतिका विरामीलाई पनि रगत नपुग्ने स्थिती सिर्जना भएपछि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।














