काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ।
नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको निगमले जनाएको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार उक्त ट्विनअटरले गत शनिबारसम्म नियमित उडान गरिरहेको थियो।











