काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायालयलाई प्रभावित बनाएको आरोप लगाएका छन् । सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
रास्वपाप्रति लक्षित गर्दै मन्त्री चौरसियाले सडक र सामाजिक सञ्जालबाट न्यायालयलाई प्रभावित बनाएको आरोप लगाए । उनले कानुनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताए । उनले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताए ।
मन्त्री चौरसियाले आफूहरूको कमीकमजोरी र व्यवस्थामा भएका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए ।











