काठमाडौँ । भक्तपुरमा बाबुछोरा मृतअवस्थामा फेला परेका छन् ।
सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् ।
साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेकाहुन्।
खोटाङको रूपाकोट मजुवागढी नगरपालिका- १ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन्।
दुवै कोठा बाहिरबाट ताला लगाइएको थियो। कोठाभित्र अचेत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट टोली खटिएको थियो।
डिएसपी न्यौपानेका अनुसार उनीहरूमाथि धारिलो हतियार प्रयोग पाइएको छ।











