काठमाडौं । आज डिसेम्बर २१ अर्थात् पहिलो विश्व ध्यान दिवस। विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ। यो अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल महर्षि वैदिक फाउण्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा शनिबार बिहानको रुद्राभिषेकपछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए।
यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ। यही ६ डिसेम्बर २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस घोषणा गरेको थियो ।











