काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्याएका सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग भएका छन् । नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।
अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्याएको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ । यद्यपि सन्दीपले जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।
जेल नपरे पनि सन्दीपले नैतिक र कानूनी रुपमा राष्ट्रिय टीमबाट खेल्न नमिल्ने नेपाल क्रिकेट संघ स्रोतले बतायो । यद्यपि गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट कानूनी व्यवस्थाको भने अभाव छ ।











