चितवन । नारायणी नदी किनारमा जारी चितवन नारायणी महोत्सवमा आज पशुपति शर्मा र ज्योती मगर लगायतका चर्चित कलाकारहरुले विशेष प्रस्तुती दिने भएका छन् । महोत्सवको पाँचौ दिन आज अन्य कलाकारहरु रवी रिमाल, आयुश अधिकारी र अनिश दवाडी पनि आउने आयोजकले जनाएको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती दिँदै आएका छन् । लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालले महोत्सव आयोजना गरेका हुन् ।
महोत्सवमा २८० वटा स्टलहरु रहेको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।











