चितवन । चितवन प्रहरीले भरतपुर महानगरपालिका–२८ गोलाघाटबाट ५० हजार रुपैयाँ भन्दा बढी नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।
गोलाघाटको अन्द्रौलीस्थित जंगबहादुर कुमालले सञ्चालन गरेको गोलाघाट वाईल्ड लाईफ रिसोर्टमा पैसाको बाजी थापी जुवा (कौडा) खेलिरहेका उनीहरुलाई गएराति १ बजेको समयमा नगद ५० हजार ७३५ रुपैयाँ र एक सय भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
जुवाडेको साथबाट जुवा खेल्न प्रयोग भएको १७ थान कौडा र एक बुक तास पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गैंडाकाेटका एक, भरतपुर–१६ का सात, भरतपुर–२८ का दुइ र भरतपुर–४ का एक जना रहेका छन् ।











