काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा परी ठुलो क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी ३६ जना भन्दा बढीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु। घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।











