भरतपुर । भरतपुरको विरेन्द्र क्याम्पस चोकमा बजाज मोटरसाइकलको नयाँ शोरुम सञ्चालनमा आएको छ । प्रिमियर अटो ट्रेडरले क्याम्पस चोकमा नयाँ शोरुम र नारायणगढमा वर्कसप सञ्चालनमा ल्याएको छ ।
शोरुम र वर्कसपले गोल्छा अर्गनाइजेशनका निर्देशक अभिमन्यु गोल्छाले मंगलबार उद्घाटन गरेका हुन् । करिब पाँच करोड रुपैयाँको लगानीमा बजाज मोटरसाइकलको नयाँ शोरुम सञ्चालनमा ल्याएको सञ्चालक रेसल श्रेष्ठले बताए ।











