काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले १० गतेकै सहमति कार्यन्वयन भए मात्रै सरकारमा जानसक्ने बताएका छन् । सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा सरकारमा जाने ढकालले बताए ।
‘हामी सरकारमा जानेरनजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं । पुस १० गतेकै सहमति कार्यन्वयन भए सरकारमा जान सक्छौं’ ढकालले भने, ‘पुस १० गतेको सहमति बमोजिम (गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री) हुनुपर्ने छ । साझा न्युनतम कार्यक्रममा हामीले भने बमोजिम विषयवस्तु समेट्नुपर्यो ।’
बैठकमा भने प्रधानमन्त्री प्रचण्डबाट वोलावट नभएकाले सहभागी नभएको ढकालले बताए ।











