काठमाडौँ । बागमती नदी र यसका सहायक नदीहरूमा पानीको बहाव केही बढ्ने नेपाल बाढी सूचनाले जानकारी दिएको छ ।
नेपाल बाढी सूचनाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएको छ ।
तटीय क्षेत्र तथा खोला किनारको बाटो यात्रा गर्दा सर्तकता अपनाउन बाढी सूचनाले आग्रह गरेको छ ।











