चितवन । सनराइज इङ्गलिस स्कुल भरतपुरले प्राथमिक तहका विधार्थीहरुका लागी जिल्ला स्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको बहुउद्देश्यीय सभाहलमा आज सम्पन्न प्रतियोगितामा जिल्लाका विभिन्न १२ विद्यालयका नृत्य समूहले नृत्यकला प्रस्तुत गरेका थिए ।
विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रामजी प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्मन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कञ्चन लामाले गरेकी थिइन् । उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले विद्यालयले शिक्षण सिकाइको साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिकाको क्षमता विकास गर्दै आएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले यस किसिमको कार्यक्रमले बालबालिकामा लुकेको प्रतिभा अभिब्यक्त गर्ने माध्यम बन्ने बताए । यस किसिमका कार्यक्रम सनराइज इङ्गलिस स्कुलले निरन्तर गर्दै आईरहेको कुरा बताए ।
उक्त कार्यक्रममा गुरूकुल माध्यमिक विद्यालय प्रथम, भद्रकाली आधारभूत विद्यालय द्वितिय र नारायणी पब्लिक स्कुल तृतिय हुन सफल भएका थिए । कार्यक्रममा निर्णायकको भूमिकामा नृत्य प्रशिक्षक राज घिमिरे तथा सागर विक रहेका थिए ।











