चितवन । भरतपुर महानगरको बाइसबिघामा पसलबाट सामान किनेर घर फर्किएकी १९ वर्षीय बालिकामाथि बोलेरोमा सवार केहि व्यक्तिले दुर्व्यवहार गरेका छन् । बालिकाको कपाल तानेर चुडाल्ने र अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गर्नेको प्रहरी खोजी गरिरहेको छ ।
शुक्रबार भएको घटनाको शनिबार उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
‘कपाल तानेर झण्डै दुर्घटना गराएको र अपशब्द प्रयोग गरिएको कुरा उजुरीमा भनिएको छ’, उनले भने, ‘घटना कुनै सिसि क्यामरामा कैद भएको छ कि भनेर खोज्दै छौँ । भेटिइसकेको छैन ।’ दिनदहाडै यस किसिमका घटना हुनुले सुरक्षा प्रणालीमाथि प्रश्न उठेको छ ।











