काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रक्रियाअनुसार रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ।
लामिछाने निकट प्रकाश सिग्देलका अनुसार सर्वोच्च अदालतको आदेश बमोजिम उनको नेपाली नागरिकता पुन कायम भएसँगै कार्यालयबाट लामिछाने निस्किसकेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछाने केहिबेर अगाडी नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रविले पेस गरेको कागजात हेरेर नागरिकता दिएको हो ।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया नचालेको भन्दै शुक्रबार सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको पुरानो नेपाली नागरिकता वैध नहुने ठहर गरेसँगै उनी आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।
अदालतको त्यो फैसलासँगै लामिछाने सांसदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।










