पोखरा । पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आत्मदाहको प्रयास गरेका छन्।
काठमाडौंमा भएको प्रेम आचार्यको आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा पनि एक पुरुषले आफ्नो शरीरमा आगो लगाएका हुन्।
वडाध्यक्ष किरण बरालका अनुसार युवकको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी पनि सोही आगोमा परेर घाइते भएकी छिन्। उनले ती पुरुषलाई बचाउने प्रयास गरेकी थिइन्।
उनीहरू दुवैको अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको पनि वडाध्यक्ष बरालले बताए। उनीहरूको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।










