चितवन । गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोट माग्दा आफुले गरेका वाचाको हेक्का रहेको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले मिडियाको हेडलाइन बदल्न नकसेपनि जनताको लाइफलाईन बदल्न मेहनत गरिरहेको बताए ।
हत्या अभियोग लागेका फरार सांसदप्रति इंगित गर्दै उनले भने, ‘पुराना ‘फरार’हरु समातिन्छ्न् मात्र होइन, धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’
त्यस्तै उनले थप लेखेका छन्, ‘हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ। मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ !’










