काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ। मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ प्रक्रिया पूरा गरी शर्माको नाम अनुमोदन गरेको हो।
यसअघि गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
संसदीय सुनुवाइ समितिबाट नाम पारित भएसँगै अब नेपालको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउनेछन्।












