काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही(३ का लागि उम्मेदवारको आवेदन आह्वान गरेको छ।
सोमबार पार्टीका सचिव भूमिनन्द बरालले सूचना जारी गर्दै रुपन्देही–३ मा कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको आवेदन आह्वान गरेका हुन्।
साउन ७ गतेदेखि २१ गतेसम्म पार्टीमा उम्मेदवारीको आवेदन दिन सकिन्छ भने उम्मेदवारको नामावली २२ गते प्रकाशन गर्नेछ।
यस्तै साउनको २३ र २४ गतेसम्म उम्मेदवार उपर दाबी र विरोध गर्न सक्ने छ। साउन २५ गते उम्मेदवारसँग छलफल हुने जनाइएको छ।











