चितवन । नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका एक जना युवकको डुबेर मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१६ गणेश मन्दिरस्थित नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षिय किशोर मेक्सन पुन मगर डुबेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिए । मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।











