चितवन । नारायणी नदी छेउमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक गम्भीर घाइते भएका छन् ।
आज दिउँसो करिब साढे ३ बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिरस्थित नदी छेउको जमेको पानीमा पौडी खेल्ने क्रममा भरतपुर–१५ सूर्यनगर बस्ने १५ वर्षीय मेक्सन पुन मगर बेपत्ता भएका थिए ।
आज साँझ ५ बजे उनलाई प्रहरीले घटनास्थलमै गम्भीर अवस्थामा फेला पारी उपचारको लागि भरतपुर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।











