काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित खेल मैदानको बोर्डमा तीर हान्ने अभ्यासका क्रममा एक जना घाइते भएका छन् ।
सोमबार करिब ३ बजेतिर काठमाडौं–१६, माछापोखरी बस्ने २४ वर्षीय रितिक छन्त्यालले खेल मैदानको बोर्डमा तीर हानेका थिए । तर, त्यो तीर बोर्डतिर नगएर मनमैजु बस्ने ४१ वर्षीय हरिप्रसाद घर्तीलाई लागेको थियो ।
उनी घाइते भएलगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उनको घाँटीको दाहिने भागमा तीर गाडिएको छ ।
तीर हान्ने रितिक अहिले प्रहरी वृत्त, बालाजुको नियन्त्रणमा छन् । थप अनुसन्धान भइरहेको छ ।











