काठमाडौँ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेलाई सांसदको सपथ ग्रहण गर्न बाटो खुलेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको सपथ ग्रहण रोक्न माग गरेको रिटमा आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सांसदहरुको भोलि दिउँसो १ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ । लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उनको शपथमा रोक लगाउन माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले दुवै पक्षलाई झिकाउने फैसला गरेको हो ।
सर्वोच्चले अन्तरिम आदेश जारी नगरेकाले लामिछानेलाई बिहीबार सांसदका रूपमा शपथ खाने बाटो खुलेको हो । लामिछानेको पक्षका अधिवक्ता सुनील पोखरेलले सर्वोच्चको आदेशबारे जानकारी दिँदै अदालतबाट अन्तरिम र अन्तरकालीन आदेश पनि जारी नभएकाले बिहीबारको शपथ नरोकिएको बताए ।














