काठमाडौं । सिरियल किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । सर्वाेच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले चार्ल्स शोभराजलाई रिहा गर्न आदेश भएको बताए । शोभराजले आफुलाई थुनामुक्त गर्न निवेदन दिएका थिए ।
शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्ने गरेका थिए ।














