काठमाडौं । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हड्ताल फिर्ता लिएका छन् ।
आज साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हड्ताल फिर्ता लिने निर्णय गरेको हो।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।
बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
उनले यो निर्णयसँगै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न सक्ने बताए ।











