चितवन । ढुंगामा टेकेर खुट्टा धुने क्रममा चिप्लिएर नारायणी नदीमा बेपत्ता भएका व्यक्ति मृत फेला परेका छन् ।
गएको जेठ ६ गते भरतपुर महानगरपालिका–१ नारायणगढ बसपार्क पछाडिपट्टि ढुंगामा चिप्लिएर नारायणी नदीमा बेपत्ता भएका नवलपुर देवचुली नगरपालिका–१४ बस्ने २७ वर्षीय सचिन कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनको शव बिहीबार बेलुका ४ः४० बजेको समयमा भरतपुर–२६ हिरापुरस्थित नारायणी नदी किनारमा फेला परेको चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
सचिन नाताले दाई पर्ने ३८ वर्षीय रमेश कार्कीसँग गएको जेठ ६ गते नारायणी नदी किनारमा घुम्न आएका थिए ।












