काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेको छ ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भैरहेको सुनुवाईमा रवि लामिछाने सहित छविलाल जोशी पक्ष तथा सरकारी वकिलको पनि बहस सकिएको छ ।
तर जाहेरीवालाको तर्फको बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।












