चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा चट्याङ लागेर एक जना चेपाङको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे ११ बजेको समयमा बाटोमा हिँडिरहेका बेला अचानक चट्याङ लागेर स्थानीय ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
बिरुसँगै हिँडेका उनका भतिज ३२ वर्षीय दिलबहादुर चेपाङ सामान्य घाइते भएको खनालले बताए । घटनाको बारेमा स्थानीयले इलाका प्रहरी कार्यालय मुग्लिनमा जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो ।
घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिनबाट करिब ४५ किलोमिटर टाढा पर्ने प्रहरीले बताएको छ । गएराति २ः५० बजेको शवलाई भरतपुर अस्पतालको शव गृहमा ल्याइपु¥याइएको छ ।












