सर्लाही। सर्लाही बलरा नगरपालिकास्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानी खान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ।
बलरा ५ महतो टोल बस्ने विजय महतोको घरमा पुजा गराउन गएको गोडैता गाउँपालिका २ बस्ने वर्ष ७० को महादेव महतो (पुजारी)लाई मोटर जडान भएको ट्युवेलमा पानी खाने क्रममा दिउँसो पौने ३ बजे करेन्ट लागेको थियो।
करेन्ट लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार गर्ने क्रममा चिकित्लेसक चेक जाँच गर्दा सवा ३ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक पुजारीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा रहेको र प्रहरी चौकी अर्नाहाबाट असईको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ












