काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाएकी छिन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसदमा कम रहेको बताइन्। उनले कांग्रेस सांसदहरू आज गभर्नर खोज्न हो की प्रधानमन्त्री खोज्न गएको भनि प्रश्न गरिन्।
ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ।
उनले भनिन्, ‘आज त नेपाली कांग्रेसका माननीयज्यूहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि। उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरु एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ।’
संसदमा ८ जना भन्दा बढी कांग्रेसका सांसद नदेखिएको उनको आरोप छ।












