काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन्।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी)लाई जनमतको कमी नरहेको बताए।
उनले गत निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दावी गरे। उनले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरुको साथ रहेको दावी गरे।
अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनै पनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महशुस नगरेको उनले बताए।
पार्टीका कार्यक्रमहरुमा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको र अब नेकपा (एकीकृत समाजवादी)लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने बताए। उनले त्यसका लागि आफूले पाएको जिम्मेवारीमा जुट्न निर्देशन दिए।











